तोलामा ७ सयले बढ्यो सुनको मूल्य

Nagarik Sewa 4387+ समाचार ( )
१७ कार्तिक २०८२, आइतबार

काठमाडौं। अघिल्लो दिनको तुलनामा आइतबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको छ। अघिल्लो दिन शुक्रबार तोलामा २७ सय बढेको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार ७ सय रुपैयाँ तोकेको छ। अघिल्लो दिन २ लाख ३९ हजार रुपैयाँ थियो। 

चाँदीको मूल्य भने घटेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँले मूल्य घट्दै चाँदी प्रतितोला ३०५५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार