काठमाडौं। भूमि सम्बन्धी विधेयक कृषि, सहकारी तथा प्राकृतिक स्रोत संसदीय समितिबाट बहुमतले पारित भएको छ।
विधेयकको छलफलबाट माओवादी केन्द्र भने बाहिरिएको छ। माओवादी र रास्वपाले विधेयकमाथि फरक मत लेख्ने भएका छन्। फरक मत लेखेर भोलि शुक्रबार दिए पनि हुने संसदीय समितिका सचिव शिवदत्त बरालले बताए।
फरकमतसहित शुक्रबार पनि समितिको निर्णयमा हस्ताक्षर गर्न सक्ने उनको भनाइ छ।