तोलामा ११ सयले बढ्यो सुनको मूल्य

Nagarik Sewa 4387+ समाचार ( )
२९ आश्विन २०८२, आइतबार

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। आइतबार सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले बढेको हो । यससँगै आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९२ हजार ९ सय रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार छापावाल सुन तोलामा १ लाख ९१ हजार ८०० रुपैयाँ कायम भएको थियो । 

यस्तै आज चाँदीको मूल्य तोलामा ६५ रुपैयाँले बढेको छ । यसअघि शुक्रबार तोलामा २२ सय २० रुपैयाँ रहेको चाँदीको मूल्य आइतबार २२ सय ८५ कायम भई नयाँ रेकर्ड बनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै