मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

आज ५ वटा संसदीय समितिको बैठक बस्दै

Nagarik Sewa 4868+ समाचार ( )
१३ श्रावण २०८२, सोमबार

काठमाडौं। संघीय संसदअन्तर्गत आज ५ वटा संसदीय समितिको बैठक बस्दैछन्। संघीय संसद् सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक दिउँसो १ बजे बस्ने बैठकमा मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना (आ.व. २०८२/८३–२०८६/८७) को मस्यौदाका सन्दर्भमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग छलफल गरिने कार्यसूची छ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बिहान १० बजे सुरु हुने बैठकमा 'भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२' मा परेका संशोधनहरूमाथि संशोधनकर्तासँग छलफल गरिनेछ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा 'मिडिया काउन्सिल विधेयक, २०८०' का विषयमा सरोकारवालासँग अन्तक्र्रिया गरिने कार्यक्रम तय गरिएको छ। सार्वजनिक लेखा समितिको बिहान ११ बजे बस्ने ४७औँ बैठकमा अर्थमन्त्री विष्णु पौडेलको उपस्थितिमा नेपाल सरकारका सबै सचिवहरूसँग छलफल गरिनेछ।

त्यस्तै विधायन व्यवस्थापन समितिको बिहान ११ः३० बजे बस्ने ९९औँ बैठकमा 'जलस्रोत विधेयक, २०८१' माथि दफावार छलफल गरिने कार्यसूची रहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार