मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

अमेरिकी सेना गाजामा

Nagarik Sewa 4868+ समाचार ( )
२५ अशोज २०८२, शनिबार

काठमाडौं । गाजामा शुक्रबारदेखि लागू भएको युद्धविराम पछि प्यालेस्टिनीहरू आफ्ना घर फर्किन थालेका छन्। हजारौं मानिस दक्षिणी गाजाबाट पैदलै गाजा सिटी तर्फ अघि बढिरहेका छन्। दुई वर्षअघि ७ अक्टोबर २०२३ मा हमासको आक्रमणपछि इजरायलसँगको युद्ध सुरु हुँदा उत्तर गाजाका बासिन्दाले त्यो क्षेत्र खाली गरेका थिए।

अहिले गाजाको सबैभन्दा ठूलो शहर गाजा सिटी पूर्ण रूपमा भग्नावशेषमा परिणत भएको छ। यहाँ न बिजुली छ, न पानी, न विद्यालय, न अस्पताल- सबै ध्वस्त। तर पनि धेरै मानिसहरू आफ्ना घर फर्किरहेका छन्। घर फर्किएका एक व्यक्तिले मिडियालाई भने, ‘मेरो घरको केवल निशान भेटियो, पूरा भवन भग्नावशेषमा पुरिएको छ ।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा भएको यो युद्धविराम अन्तर्गत हमासले ७२ घण्टाभित्र जीवित इजरायली बन्दीहरूलाई मुक्त गर्नेछ। यसको साटोमा इजरायलले २५० प्यालेस्टिनी कैदी र १,७०० हिरासतमा रहेका व्यक्तिहरूलाई रिहा गर्नेछ। इजरायलले हालसम्म आफ्नो ५३ प्रतिशत क्षेत्रबाट सेना हटाउने घोषणा गरेको छ र अब ६०० राहत ट्रक दैनिक रूपमा गाजा प्रवेश गर्नेछन्। यससँगै २०० अमेरिकी सैनिकहरूलाई पनि गाजामा तैनाथ गरिनेछ।

गाजामा युद्धविरामपछि अमेरिकाले सीमित संख्यामा सैनिक तैनाथ गर्ने घोषणा गरेको छ। यी सैनिकहरूले संयुक्त राष्ट्रसंघ (यूएन) र इजिप्टका टोलीसँग मिलेर काम गर्नेछन्। अमेरिकी सैनिकहरूको मुख्य जिम्मेवारी युद्धविरामको अवस्थामाथि निगरानी राख्ने, राहत सामग्रीको सुरक्षित वितरणमा सहयोग गर्ने र सुरक्षाको व्यवस्था गर्ने हुनेछ।

१२ वर्षपछि पहिलोपटक अमेरिकाले कुनै विदेशी द्वन्द्वग्रस्त क्षेत्रमा प्रत्यक्ष रूपमा सैनिक पठाउँदैछ। यसअघि सन् २०१३ मा तत्कालीन राष्ट्रपति बराक ओबामाले सिरियामा आईएसआईएस विरुद्धको अभियानका लागि सीमित रूपमा सैनिक पठाएका थिए। सेप्टेम्बरमा इजरायलको आदेशपछि करिब ६.४ लाख मानिसहरूले गाजा सिटी छोडेका थिए, जुन शहरको कुल जनसंख्याको करिब ९० प्रतिशत हो। त्यसयता अवस्थाहरू झन बिग्रिए।

अस्पतालहरू बन्द भए, औषधिहरू सकिए र मानिसहरूसँग बस्ने बास रहेन । शुक्रबार अल-रन्तिसी अस्पतालको मेडिकल टोली त्यहाँ पुगे पनि अस्पताल पूर्ण रूपमा नष्ट भइसकेको थियो। गाजाका स्वास्थ्य उपमन्त्री डा. युसुफ अबू अल रेशका अनुसार, अस्पतालका सम्पूर्ण मेडिकल उपकरणहरू जलाएर नष्ट गरिएका छन्।

संयुक्त राष्ट्रसंघको रिपोर्टअनुसार, अगस्ट महिनादेखि गाजा सिटीमा सुरु भएको भोकमरी अहिले पूरा गाजामा फैलिएको छ। अल-शिफा अस्पतालका निर्देशक मोहम्मद अबू सल्मियाले शुक्रबार मात्रै गाजा सिटीमा कम्तीमा ३३ शव भेटिएका र जसमा केहीको पहिचान हुन नसकेको बताए ।

७० वर्षीय मज्दी फुआद मोहम्मद अल-खौरले सीएनएनलाई भने, ‘मेरा एक छोरा र एक छोरी यो युद्धमा मारिए। मैले ४० वर्ष लगाएर बनाएको घर नष्ट भयो। अहिले म र मेरी श्रीमती बिरामी छौं, हाम्रो सबैथोक सकियो।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै