मुख्य समाचार
विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक |

डोल्पामा चिसो बढेपछि ६ महिनाका लागि विद्यालय बन्द

Nagarik Sewa 4875+ समाचार ( )
१ मंगशिर २०८२, आइतबार

काठमाडौं। उपल्लो डोल्पामा चिसो बढेपछि जारी शैक्षिक सत्रको वार्षिक परीक्षा सम्पन्न गरेर विद्यालयहरू ६ महिनाका लागि बन्द भएका छन् । उपल्लो डोल्पा क्षेत्रमा प्रत्येक वर्ष ६ महिनामात्रै पठनपाठन हुने गर्दछ । कात्तिक देखिनै अत्यधिक हिमपात हुने र कठ्याङ्ग्रिदो चिसो सुरु हुने भएकाले तीनवटा स्थानीय तहका सम्पूर्ण विद्यालयहरू कात्तिक पन्ध्र अगिनै बन्द हुने गरेका छन् ।

‘हाम्रो विद्यालय कात्तिक दोस्रो सातामै बन्द भइसक्यो, यसबीचमा वार्षिक परीक्षा पनि सम्पन्न भयो,ु शे–फोक्सुण्डो गाउँपालिका–७ स्थित कु गाउँमा पर्ने टासी सुम्दो आधारभूत विद्यालयका प्रधानाध्यापक नन्दबहादुर शाहीले भने ।

‘माथि बाक्लो हिउँ जमेको छ, विद्यालय सकेर घर फर्कँदा हिउँले खुट्टा खाएर दुई जना मिसहरू थलानै पर्नुभयो, कात्तिक दोस्रो सातापछि निरन्तर हिउँ पर्छ, यही भएर पनि प्रत्येक वर्ष यही समयमा विद्यालय बन्द हुन्छ’ उनले भने, 'अब एकैपटक सरहरू बैशाख दोस्रो सातातिर विद्यालय पुग्छौँ, त्यतिबेलासम्मका लागि विद्यालय बन्द हुन्छ, त्यसपछि एकैपटक कात्तिकमा फर्किने हो ।’

उपल्लो डोल्पामा प्रायः शिक्षकहरू तल्लो भेगबाटै गएका हुन्छन्, छ महिना विद्यालय निरन्तर खुल्ने भएकाले दशैँ, तिहार लगायतका ठूला चाडपर्वमा घर आउन पाउदैनन्। ‘उपल्लो डोल्पा भौगोलिक रूपमा बिकट र दुर्गम भएकाले तल्लो डोल्पाबाट जानै एक सातासम्म लाग्छ, कतिपयले विद्यालय जाँदा र घर फर्कँदा पनि लेक लागेर भिरबाट लडेर ज्यानसमेत गुमाउने गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार