मुख्य समाचार
बजेट अधिवेशनलाई फरक र प्रभावकारी बनाउनेगरी तयारी हुँदैछः सभामुख अर्याल | लिग–२ खेल्ने राष्ट्रिय टोली घोषणा | आपराधिक पृष्ठभूमिका दुई सयजनाको सूची तयार | सामान्य बढ्यो नेप्से | १० करोड बढी गैरकानुनी आर्जनमा भाइकाजी तिवारीविरुद्ध दोस्रो मुद्दा | ‘भोकालाई खाना, प्यासीलाई पानी’ अभियान सञ्चालन गरिएको संरचनामा डोजर | नेपाल राष्ट्रिय व्यवसायी महासंघद्वारा अर्थमन्त्रीको ध्यानाकर्षण | रास्वपा सांसदले १६ हजार र मन्त्रीले पार्टीलाई मासिक १८ हजार दिनुपर्ने | उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापतिमा रहबर अन्सारी | नेपाली कांग्रेसले भरत खड्कालाई सार्वजनिक लेखा समितिको सभापति बनाउने |

टोखामा समातिएको २५ करोड बराबरको विदेशी मुद्राका मालिक पौडेल धरौटीमा रिहा

Nagarik Sewa 4382+ समाचार ( )
१० श्रावण २०८२, शुक्रबार

काठमाडौं। टोखामा समातिएको २५ करोड बराबरको विदेशी मुद्राका मालिक भनिएका सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका ४ का नारायण पौडेल ३५ लाख रुपैयाँ धरौटीमा जिल्ला अदालत काठमाडौंबाट रिहाभएको खुलेको छ। अदालतका सूचना अधिकारी दीपक श्रेष्ठका अनुसार पौडेल गत असार ३२ गते हाजिर भएका थिए। 

न्यायाधीश कृष्णप्रसाद शर्मा नेपालको इजलासले उक्त घटनामा सुनुवाइ गरी पुर्पक्षको लागि ३५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो। उक्त धरौटी बुझाएर पौडेल रिहा भइसकेका छन्।

गत चैत ४ गते काठमाडौंको टोखाबाट प्रहरीले ट्रक र २५ करोड बराबरको विदेशी मुद्रा बरामद गरेको थियो। गाडीभित्र फल्सबटम बनाएर १३ लाख ७५ हजार १५० युरो र ३ लाख २० हजार ८५० डलर बरामद भएको थियो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले झोरबाट नारायणी प्रदेश ७ ख १६५२ नम्बरको ट्रक र चालक कुशाङ लामालाई नियन्त्रणमा लिएको थियो।

राजश्व अनुसन्धान विभागले अनुसन्धान गरी यसमा पक्राउ परेका कुशाङ लामा भरियामात्रै भएको निष्कर्ष निकालेको थियो।उक्त रकमको मालिक भने सिन्धुपाल्चोकका नारायण पौडेल भएको निष्कर्ष निकालेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार