मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

भक्तपुर–१ मा युवा नेतृ अन्जना पोखरेलको समानुपातिक उम्मेद्वारमा सिफारिस

Nagarik Sewa 4868+ समाचार ( )
१२ पौष २०८२, शनिबार

काठमाडौं ।  आगामी फाल्गुनमा सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नं. १ को प्रतिनिधि सभा समानुपातिकतर्फ युवा महिला नेतृ अन्जना पोखरेल सिफारिस हुनु भएको छ। उहाँको सिफारिससँगै पार्टीभित्र तथा भक्तपुरको राजनीतिक वृत्तमा सकारात्मक चर्चा सुरु भएको छ।

समाजसेवी पृष्ठभूमिबाट राजनीतिमा सक्रिय पोखरेल चागुनारायण क्षेत्रमा सञ्चालन भइरहेको ‘एभोकाडो अभियान’ की अभियन्तासमेत हुनुहुन्छ। उहाँ लामो समयदेखि पिछडिएका तथा विपन्न बालबालिकाको शिक्षा प्रवर्द्धनका लागि विभिन्न संघ–संस्थाको सहकार्यमा शैक्षिक सामग्री वितरण, छात्रवृत्ति उपलब्ध गराउने तथा विद्यालय पहुँच विस्तारका कार्यमा सक्रिय रहँदै आउनु भएको छ।

खस–आर्य समुदायबाट प्रतिनिधित्व गर्ने युवा महिला नेतृ पोखरेल सामाजिक सेवा, महिला सशक्तीकरण र युवामुखी राजनीतिक अभियानमा निरन्तर सक्रिय रहनु भएको छ। स्पष्ट धारणा, जिम्मेवारीप्रति प्रतिबद्धता र समुदायप्रतिको उत्तरदायित्वका कारण उहाँ पार्टीभित्र मात्र होइन, स्थानीय समाजमा पनि विश्वासिलो र सक्रिय व्यक्तित्वका रूपमा चिनिनुहुन्छ।

भक्तपुर निर्वाचन क्षेत्र नं. १ अन्तर्गत विभिन्न सामाजिक अभियान, युवा कार्यक्रम तथा राजनीतिक गतिविधिमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनु भएकी पोखरेलले स्थानीय तहको समस्या नजिकबाट बुझेको नेतृका रूपमा परिचय बनाउनु भएको छ। महिला, युवा तथा बालबालिकाका सवाललाई प्राथमिकतामा राख्दै आवाज उठाउँदै आएकाले उहाँको सिफारिसलाई सामाजिक योगदान र राजनीतिक क्षमताको उचित मूल्यांकनका रूपमा हेरिएको छ।

राजनीतिमा युवाको अर्थपूर्ण सहभागिता आवश्यक रहेको वर्तमान सन्दर्भमा अन्जना पोखरेलको सिफारिसले संसदमा युवा महिला आवाज सशक्त रूपमा स्थापित हुने अपेक्षा गरिएको छ। पार्टी कार्यकर्ता तथा समर्थकहरूले उहाँको राजनीतिक यात्राले सिफारिसमा मात्र सीमित नरही जिम्मेवार र प्रभावशाली नेतृत्वका रूपमा अघि बढ्ने विश्वास व्यक्त गरेका छन्।

पार्टीप्रतिको निष्ठा, संगठनात्मक अनुशासन र समाजप्रतिको दायित्वलाई आत्मसात गर्दै अघि बढेकी पोखरेललाई आगामी निर्वाचन प्रक्रियाका लागि शुभकामना दिइएको छ। समर्थकहरूले यस सिफारिसलाई भक्तपुरको राजनीतिक रूपान्तरण र युवामैत्री नेतृत्वतर्फको महत्वपूर्ण कदमका रूपमा लिएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार