सभापति चुनिएपछि गगन थापा पहिलोपटक पार्टी कार्यालय सानेपामा

Nagarik Sewa 4507+ समाचार ( )
१० माघ २०८२, शुक्रबार

काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापतिमा चुनिनुभएका गगन थापा पहिलोपटक पार्टी कार्यालय सानेपा पुग्नुभएको छ। विशेष महाधिवेशनबाट सभापतिमा चुनिएको ८ दिनपछि पदबहालीका लागि केन्द्रीय कार्यालय सानेपा पुग्नुभएको हो। 

उहाँसहित विशेष महाधिवेशनबाट चुनिएका पदाधिकारीले पदबहाली गरेपछि केन्द्रीय कार्यसमितिको बैठक पनि राखिएको छ। पार्टी कार्यालयमा बाक्लो संख्यामा नेता कार्यकर्ताहरूको उपस्थिति रहेको छ। गत पुस २७ गतेदेखि माघ १ गतेसम्म चलेको कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट थापा सभापति चुनिनुभएको थियो। 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै