महिला क्रिकेटमा आज नेपाल र नामिबिया भिड्दै

Nagarik Sewa 4387+ समाचार ( )
२८ फाल्गुन २०८१, बुधवार

काठमाडौं । युगाण्डामा जारी वुमन्स डे कप अन्तराष्ट्रिय महिला क्रिकेट श्रृंखलामा आज नेपाल र नामिबिया भिड्नेछन् । खेल नेपाली समय अनुसार दिउसो सवा १२ बजे सुरु हुनेछ । पहिलो खेलमा नामिबियासँग हारेको नेपाल आजको खेल जित्दै बदला लिन चाहन्छ । उता नामिबिया पनि आज नेपाललाई हराउँदै फाइनलमा स्थान बनाउने सुरमा रहेको छ ।

चार देश सहभागी श्रृंखलामा नेपालको यो चौथो खेल हो । यसअघिका तीन खेलमा नेपालले एक जित र दुई बराबरी बेहोरेको छ । पहिलो चरणमा युगाण्डालाई हराएको नेपालले नामिबिया र हङकङसँगको खेल गुमाएको छ । श्रृंखलामा सहभागी चारवटै टोलीले एक आपसमा दुई दुई खेल खेलेपछि शीर्ष दुई स्थानमा टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार