एम्नेस्टी इन्टरनेशन नेपालको अध्यक्षमा पुनः बुढाथोकी
एम्नेस्टी इन्टरनेशन नेपालको अध्यक्षमा पुनः बुढाथोकी

Nagarik Sewa 4387+ समाचार ( )
१ पौष २०८१, सोमबार

 काठमाडौं । एम्नेस्टी इन्टरनेशनल नेपालको अध्यक्षमा पुनः विपिन बुढाथोकी चयन भएका छन् ।

नवलपरासीको गैँडाकोटमा मंसिर २९ र ३० गते आयोजित ३३औं वार्षिक साधारण सभाले विपिन बुढाथोकीलाई सर्वसम्मत रूपमा दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन गरेको हो ।

साधारण सभाले सन् २०२५ का लालि नयाँ मानवअधिकार कार्ययोजनासमेत तय गरेको छ ।

१५० भन्दा बढी प्रतिनिधिहरूको सहभागितामा सम्पन्न सभाले आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदन पारित पनि गरेको छ ।

नवनिर्वाचित अध्यक्ष बिपिन बुढाथोकीले एम्नेस्टी नेपालको अभियानलाई अझ सशक्त मानवअधिकार आन्दोलनको रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उद्घाटन सत्रमा प्रतिनिधि सभाका सदस्य गगनकुमार थापाले दक्षिण एसियामा नेपालको लोकतान्त्रिक मूल्य र मानवअधिकारको महत्त्वलाई जोड दिएका थिए ।

संस्थाका निर्देशक निराजन थपलियाले नयाँ नेतृत्व समावेशी र विविधतायुक्त रहेको बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार