मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

कावासोतीमा बस दुर्घटना हुँदा १३ जना घाइते

Nagarik Sewa 4868+ समाचार ( )
३१ श्रावण २०८२, शुक्रबार

काठमाडौं। नवलपुरको कावासोती आठस्थित पूर्व पश्चिम राजमार्गको खरकट्टा जङ्गलमा डण्डाबाट नारायणगढतर्फ जाँदै गरेको ना ४ ख ७७७६ नं. को बस अनियन्त्रित भएर बिच सडकमै पल्टिँदा १३ जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार बस तीव्र गतिका कारण अनियन्त्रित भएर बिच सडकमै पल्टिएको हो । 

बसमा करिब २५ जना सवार रहेको र दुर्घटनामा परेर १३ जना घाइते भएको सूचना अधिकारी नेपालले जनाएको छ । घाइतेहरुलाई भरतपुर र कावासोतीका अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । घाइतेहरुमध्ये देवचुली नगरपालिका १४ प्रगतिनगर निवासी ६५ वर्षीय महिला विष्णु विक र चितवनको भरतपुर महानगरपालिका २१ निवासी ७० वर्षीय पुरुष दीपबहादुर भट्टराइको मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको छ ।

त्यसैगरी ७ जनाको कावासोतीमा रहेको नवलपुर अस्पतालमा उपचार भइरहेको छ । नवलपुर अस्पतालमा कावासोती ८ निवासी १४ वर्षीय उत्कृष्ट पोख्रेल, कावासोती ८ कै ६३ वर्षीय राजकुमार सिग्देल, बाराको कैलाली उपमहानगरपालिका १९ निवासी १७ वर्षीय सलमान खान, चितवनको भरतपुर महानगरपालिका ५ निवासी १२ वर्षीया बालिका सदिक्षा वाग्ले, नवलपुरको हुप्सेकोट ४ निवासी २४ बर्षीया श्वेता आले, हुप्सेकोट ४ कै २२ वर्षीया जमुना रेश्मी र ३७ वर्षीया नरमाया आलेको उपचार भइरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै