लिङ्देनद्वारा कमल थापालाई ससम्मान नियन्त्रणमुक्त गर्न माग

Nagarik Sewa 4507+ समाचार ( )
१९ जेठ २०८२, आइतबार

काठमाडौं। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई ससम्मान नियन्त्रणमुक्त गर्न माग गरेका छन् । अन्यथा भोलिबाट काठमाडौं ठप्प पार्ने उनले चेतावनी दिए । 

कमल थापालाई फिर्ता गर्न माग गर्दै लिङ्देनले भने, ‘कमल थापालाई अहिले यहीँ ल्याएर ससम्मान फिर्ता नगर्ने हो भने भोलिबाट काठमाडौं उपत्यका बन्द सुरु हुन्छ ।’ उनले आफूहरुको बाध्यतालाई कमजोरी नठान्न चेतावनी दिए ।

प्रदर्शनकारीलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले भने, ‘अब हामी देशभरीबाट साथीभाइहरुलाई बोलाउँछौं, खास लडाइँ भोलिबाट सुरु हुन्छ ।’ उनले थपे, ‘अब हामी एक ठाउँमा भेला भएर होइन, ५० ठाउँबाट निस्किन्छौं । कहाँ रोक्नुहुन्छ तपाईं ?’





प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार