मुख्य समाचार
विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक |

कैलाली क्षेत्र नम्बर २ बाट बबिता पाण्डे प्रतिनिधिसभा समानुपातिक उम्मेदवारमा सिफारिस

Nagarik Sewa 4875+ समाचार ( )
१० पौष २०८२, बिहीबार

कैलाली । आगामी फाल्गुनमा सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट कैलाली निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधि सभा समानुपातिकतर्फ बबिता पाण्डे उम्मेदवारका रूपमा सिफारिस भएकी छन्। उनको सिफारिससँगै पार्टीभित्र तथा स्थानीय राजनीतिक वृत्तमा सकारात्मक चर्चा सुरु भएको छ।

युवा संघ नेपालकी सक्रिय महिला नेत्री तथा समाजसेवी पाण्डे नेपाल जेसिजकी निवर्तमान राष्ट्रिय उपाध्यक्षसमेत हुन्। उनी सानै उमेरदेखि सामाजिक सेवा, युवासशक्तीकरण र राजनीतिक गतिविधिमा निरन्तर सक्रिय रहँदै आएकी छन्। स्पष्ट विचार, निडर अभिव्यक्ति र जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने क्षमताका कारण उनी पार्टीभित्र मात्र होइन, समाजमा पनि प्रभावशाली व्यक्तित्वका रूपमा परिचित छन्।

कैलाली निर्वाचन क्षेत्र नं. २ अन्तर्गत विभिन्न सामाजिक संघसंस्था, युवा संगठन तथा राजनीतिक अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएकी पाण्डेले स्थानीय तहदेखि राष्ट्रिय तहसम्मको अनुभव बटुलेकी छन्। उनले महिला, युवा तथा सीमान्तकृत समुदायका सवाललाई प्राथमिकतामा राख्दै आवाज उठाउँदै आएकी छन्। यही कारण उनको उम्मेदवार सिफारिसलाई युवाको क्षमता, मेहनत र योगदानको उचित मूल्यांकनका रूपमा हेरिएको छ।

राजनीतिमा युवाको अर्थपूर्ण सहभागिता आवश्यक रहेको सन्दर्भमा पाण्डेको सिफारिसले नयाँ पुस्ताको नेतृत्व स्थापित हुने अपेक्षा गरिएको छ। पार्टी कार्यकर्ता तथा शुभेच्छुकहरूले उनको राजनीतिक यात्रा अब सिफारिसमा मात्र सीमित नरही जिम्मेवार र स्थापित नेतृत्वका रूपमा अघि बढ्ने विश्वास व्यक्त गरेका छन्।

पार्टीभित्र अनुशासन, संगठनप्रतिको प्रतिबद्धता र समाजप्रतिको उत्तरदायित्वलाई आत्मसात गर्दै अघि बढेकी पाण्डेलाई आगामी निर्वाचन प्रक्रियामा सफलताको कामना गरिएको छ। उनका समर्थकहरूले यस सिफारिसलाई कैलालीको राजनीतिक विकास र युवामैत्री नेतृत्वतर्फको महत्वपूर्ण कदमका रूपमा लिएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार