काठमाडौं। नेपाली कांग्रेसकाका नेता रमेश लेखकले दुईतिहाइ मतबिना सभापतिलाई हटाउन नसक्ने बताउनुभएको छ। सभापति शेरबहादुर देउवा पक्षका नेता लेखकले सभापति हटाउन दुईतिहाइ मत अनिवार्य रहेको दाबी गर्नुभएको हो।
‘विशेष महाधिवेशन पक्षधरले ५६ प्रतिशत मत पुर्याएको समाचार मैले पनि पढ्न पाएँ । तर, ५६ प्रतिशत मतले सभापति हटाउन सकिँदैन । ६६ प्रतिशत अर्थात् दुईतिहाइ मत आवश्यक पर्छ’, लेखकले भन्नुभयो, ‘सभापतिले राजीनामा गरेको अवस्थामा बहुमत भए पुग्ने हो । तर, एउटा सभापति नहटाई कसरी अर्को सभापति चयन गर्नुहुन्छ ?’ दुई अलग–अलग व्याख्या भइरहेको भन्दै उहाँले सहजै बहुमतले हटाउने स्थिति नरहेको दाबी गर्नुभएको छ।