खोलामा अटो खस्दा बालिकाको मृत्यु

Nagarik Sewa 4384+ समाचार ( )
१६ भाद्र २०८२, सोमबार

काठमाडौं। दार्चुलाको नौगाड खोलामा अटो खस्दा ११ वर्षकी बालिकाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन् । नौगाड गाउँपालिका ५ स्थित सौकेबगर नजिकै सोमबार साढे १ बजेको समयमा म १ ह ११४८ नम्बरको अटो नौगाड खोलामा खसेको दार्चुलाका प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी दिए ।

बेपत्ता दुई जनाको खोजी कार्य जारी छ । रावतले भने, ‘अटोमा चालकसहित ५ जना सवार थिए । ५ जना मध्ये चालक मणिराज भुल र उनका छोरा आयुष भुल सकुशल छन् । आयुषको हात भाँचिएको छ ।’ होपरी गाडबाट गोकुलेश्वर तर्फ आइरहेको अटो अनियन्त्रित भएर सडकबाट करिब ५० मिटर तल खोलामा खसेको उनले बताए । चालक मणिराजलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार