पाकिस्तानी सैनिकले रुँदै मागे सरकारसँग मद्दत

Nagarik Sewa 4387+ समाचार ( )
८ फाल्गुन २०८२, शुक्रबार

काठमाडौं । पाकिस्तानको सशस्त्र संगठन बलुच लिबरेसन आर्मी (बीएलए) ले पाकिस्तानी सैनिक आफ्नो नियन्त्रणमा रहेको भिडिओ सार्वजनिक गरेको छ। जसमा पाकिस्तानी सैनिकहरू उद्धारका लागि सरकारसँग बिन्ती गरिरहेको देखिन्छ। भिडिओमा सात जना पाकिस्तानी सैनिक छन्। जसमा एक सिपाही रोइरहेको देखिन्छ।

उनी भनिरहेका छन्,‘मैले पाकिस्तानका लागि लडिरहेको छु, तर आज सेनाले मलाई आफ्नो मान्दैन। मसँग पाकिस्तानी सेनाको परिचयपत्र छ, तैपनि किन मलाई पाकिस्तानी सैनिक होइन भनिएको छ?’ सार्वजनिक भिडिओले पाकिस्तानी सेनाको भनाइको खण्डन गरेको छ। 

किनकि पाकिस्तानी सेनाले आफ्ना कुनै सिपाही हराएका वा कसैको कब्जामा छैनन् भनेको छ।  बीएलएका अनुसार उसले यही फेब्रुअरी १४ मा ती पाकिस्तानी सैनिकलाई नियन्त्रणमा लिएको हो।बीएलएले सरकारको कब्जामा रहेका आफ्ना बलुच लडाकुहरू रिहा गरे मात्र ती सैनिक छाडिने सर्त राखेको छ। यसका लागि उसले पाकिस्तानी सरकारलाई फेब्रुअरी २२ सम्मको समय दिएको छ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार