विराटनगर सुपर ओभरमा पोखरासँग १३ रनले पराजित

Nagarik Sewa 4387+ समाचार ( )
२७ मंगशिर २०८१, बिहीबार

काठमाडौं। आज भएको खेलमा विराटनगर सुपर ओभरमा पोखरासँग १३ रनले पराजित भयो । पोखराले दिएको १९ रनको लक्ष्य पछ्याएको विराटनगरले सुपर ओभरमा मात्र ५ रन जोड्न सक्यो ।

आज भएको खेलमा पोखरा एर्भेन्जर्ससँग पराजित हुँदै विराटनगर एनपीएलको प्लेअफबाट बाहिरिएको हो । प्लेअफबाट बाहिरिने विराटनगर दोस्रो टिम बनेको छ । यसअघि बुधबार लुम्बिनी लायसन् पनि उपाधि होडबाट बाहिरिएको थियो । 

सुपर ओभरमा पहिले ब्याटिङ गरको पोखराले विराटनगरलाई जितका लागि १९ रनको लक्ष्य दिएको थियो । विराटनगरका लागि सन्दीप लामिछाने आफै बलिङमा आएका थिए । उनले सुरुका २ बलमा लगातार छक्का खाए । तेस्रो बल डट खेलेका सन्दीपले चौथो बलमा चौक खाए। पाँचौँ र छैटौँ बलमा १-१ रन दिए ।

विराटनगरले दिएको १४० रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३९ रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो । यसअघि विराटनगरले टस जितेर पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा १३९ रन बनाएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार