काठमाडौं। नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरू भएको छ। १० औं महाधिवेशनबाट आएको केन्द्रीय कमिटीको यो अन्तिम बैठक हो।
११ औं महाधिवेशन उद्घाटन भइसकेको र बन्द सत्र सुरू हुन लागेको अवस्थामा एमालेले केन्द्रीय कमिटी बैठक गरेको हो। यो बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी र केन्द्रीय कमिटीको आकार बढाउने प्रस्ताव ल्याउने तयारी गर्नुभएको छ। उक्त प्रस्ताव आए वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलनिकट नेताहरूले प्रतिवाद गर्ने तयारी गरेका छन्। अध्यक्ष ओलीले पदाधिकारी संख्या १९ र केन्द्रीय कमिटी ३०१ पुर्याउने गरी प्रस्ताव गर्न लागेको नेताहरूको भनाइ छ।