मुख्य समाचार
चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट |

सरकार र जेनजी समूहबिच भएको सम्झौता वार्तामा घुसपैठ भयोः सुदन गुरुङ

Nagarik Sewa 4874+ समाचार ( )
२६ मंगशिर २०८२, बिहीबार

काठमाडौं। जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले सामाजिक सञ्जालमार्फत तस्बिर सार्वजनिक गर्दै हिजो सरकार र जेनजी समूहबिच भएको सम्झौता वार्तामा ‘घुसपैठ’ भएको आरोप लगाएका छन् । गुरुङले हिजोको कार्यक्रममा सम्झौता पत्र च्यात्ने अजय सोडारी आन्दोलनको मुख्य समयमा नेपालमै नरहेको बताएका छन्।  

उनका अनुसार गत भदौ २३ मा जेनजी आन्दोलन चलिरहँदा सोडारी कोरियामा थिए। उनी आन्दोलन भएको करिब ४० दिनपछि अर्थात् १८ अक्टोबरमा मात्र नेपाल फर्किएको गुरुङको दाबी छ। सामाजिक सञ्जालमा लेख्दै गुरुङले भनेका छन् ‘जेनजी आन्दोलनमाथि घुसपैठ यसैलाई भनिन्छ। हिजो जेनजीको पक्षमा सम्झौता नभएको भन्दै सम्झौता पत्र च्यात्ने अजय सोडारी आन्दोलनका बेला कोरियामा थिए ।’ 

हिजोको वार्ताका क्रममा सोडारीले सरकारसँग भएको सम्झौता जेनजीको हितमा नभएको भन्दै उक्त पत्र च्यातेपछि कार्यक्रमस्थलमा केहीबेर तनाव सिर्जना भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार