आज तीन संसदीय समितिको बैठक बस्दै

Nagarik Sewa 4387+ समाचार ( )
८ वैशाख २०८२, सोमबार

काठमाडौं। सङ्घीय संसदअन्तर्गत रहेका विभिन्न तीन समितिको बैठक बस्दैछ। राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो । बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा गठित उपसमितिको प्रतिवेदन माथि छलफल गरिने कार्यसूची रहेको छ । 

यस्तै, आज विधायन व्यवस्थापन समितिको ६२ औँ बैठक बस्ने भएको छ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल गरिने छ ।

यसैगरी आजै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको पनि बैठक बस्दैछ । बैठक दिनको १२ः४५ बजे समिति हलमा बस्नेछ। आजको बैठकमा विधायन ऐन, २०८१ कार्यान्वयनमा समितिको भूमिका सम्बन्धमा समितिका पूर्वसभापति रामनारायण विडारीसँग छलफल गरिने कार्यसूचि रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार