मुख्य समाचार
प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा | असोज ९ देखि ११ गतेसम्म ‘भारी’देखि ‘अति भारी’ वर्षाको पूर्वानुमान | फिफाको निलम्बन फुकुवामा उच्चस्तरीय पहल जारी छ: खेलकुद मन्त्री पोखरेल |

पत्रकार किशोर श्रेष्ठलाई महेश बस्नेतले दिएको धम्कीप्रति प्रेस संगठनको भर्त्सना

Nagarik Sewa 4866+ समाचार ( )
१४ कार्तिक २०८२, बिहीबार

काठमाडौँ  । समाचारको विषयलाई लिएर पत्रकार किशोर श्रेष्ठलाई एमाले नेता महेश बस्नेतले ज्यान मार्ने धम्की दिएको भन्दै  समाजवादी प्रेस संगठन नेपालले भर्त्सना गरेको छ ।पूर्वउद्योगमन्त्री तथा नेकपा एमालेका नेता महेश बस्नेतले जनआस्था साप्ताहिकमा प्रकाशित ‘महेश बस्नेतलाई पोस्तादानामा पक्रने प्लान’समाचारलाई लिएर सोही पत्रिकाका सम्पादक तथा समाजवादी प्रेस संगठन नेपालका सल्लाहकार किशोर श्रेष्ठलाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्कीयुक्त स्टाटस लेखेका थिए ।

उक्त घटनाप्रति समाजवादी प्रेस संगठन, नेपालको गम्भीर ध्यानाकर्षण भएको प्रेस संगठनमा महासचिव रोहित दाहालले विज्ञप्तिमार्फत जनाएका छन् । ‘पत्रकारमाथि यस किसिमको धम्कीपूर्ण अभिव्यक्ति आउनु स्वतन्त्र प्रेस, लोकतान्त्रिक मूल्य र अभिव्यक्ति स्वतन्त्रतामाथिको आक्रमण हो । पत्रकारले जनचासोका विषयमा प्रश्न सोध्नु, समाचार लेख्नु वा आलोचना गर्नु उसको पेसागत दायित्व हो’, महासचिव दाहालले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘त्यसको प्रत्युत्तरमा ज्यान मार्ने धम्कीसमेत दिने कार्य कुनै हिसाबले पनि न्यायसङ्गत हुन सक्दैन ।’ समाजवादी प्रेस संगठन नेपाल यस्तो अलोकतान्त्रिक, गैरराजनीतिक र आपराधिक प्रवृत्तिको कडा भर्त्सना गर्दै तत्काल घटनाको निष्पक्ष छानबिन गरी आवश्यक कानुनी कारबाही गर्न सरकार र सम्बन्धित सुरक्षा निकायको ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै