काठमाडौं । साताकाे दाेस्राे दिन घटेकाे छ भने चाँदीकाे भाउ बढेकाे छ । सुनकाे भाउ ताेलामा १०० रुपैयाँले घटेसंगै साेमबार प्रतितोला १ लाख ९० हजार ६०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
आइतबार सुन ताेलाकाे १ लाख ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तैगरी चाँदी ताेलामा ५ रुपैयाँ बढेर प्रतितोला २ हजार १५० रुपैयाँमा काराेबार भएकाे छ । चाँदी हिजाे ताेलाकाे १ हजार १४५ रुपैयाँमा काराेबार भएकाे थियाे ।