मुख्य समाचार
चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट |

रूस र युक्रेनलाई केही समय लड्न दिनु उचित हुन्छ: राष्ट्रपति ट्रम्प

Nagarik Sewa 4874+ समाचार ( )
२५ जेठ २०८२, शनिबार

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र युक्रेनलाई केही समय लड्न दिनु उचित हुने बताएका छन्। जर्मनीका चान्स्लर फ्रेडरिक मर्जसँग रूस-युक्रेन युद्धको विषयमा कुराकानी क्रममा ट्रम्पले दुवै देशलाई केही समय लड्न दिन उचित हुने बताएका हुन्।

मर्जले युद्ध रोक्नका लागि रूसी राष्ट्रपति पुटिनमाथि दबाब बढाउन ट्रम्पलाई आग्रह गरेका थिए। तर ट्रम्पले अहिलेलाई छाडिदिनुपर्ने बताएका हुन्। 'मैले नकारात्मक रूपमा भनेको होइन। तर यी दुई देशलाई केही समय लड्न दिनु उपयुक्त हुन्छ,' ओभल अफिसमा मर्जसहितको छलफलमा ट्रम्पले भने।

उनले दुई देशबीचको युद्धलाई केटाकेटीको झगडासँग पनि तुलना गरे। 'केटाकेटी झगडा गर्दा कहिलेकाँही उनीहरूलाई केही समय लड्न दिनुपर्छ। दुवैले कष्ट भोगेपछि मात्रै उनीहरूलाई छुट्याउन सकिन्छ, नत्र सकिँदैन,' ट्रम्पले भने। हक्की र अन्य खेलमा पनि रेफ्रीले खेलाडीलाई केही समय लड्न दिएर मात्र छुट्याउने बताए।

उनले पुटिनसँगको कुराकानीमा पनि आफूले त्यही भनेको बताए। 'उहाँहरूले अझै कष्ट र लडाइँ सहनुपर्छ। किनकी कष्ट नभोगी सहमतिमा आउनुहुँदैन,' उनले भने। रूस युक्रेनबीचको लडाइँ अन्त्य गर्ने भनेर ट्रम्पले सुरूवातदेखि नै कोशिस गरे पनि सम्भव हुन सकेको छैन।

ट्रम्पले युद्धविरामका लागि सहमत गराउन विभिन्न दबाब दिए पनि रूसले युक्रेनमाथिको आक्रमण जारी राखेको छ। शुक्रबार उसले युक्रेनमा ४० मिसाइल र ४०० ड्रोन प्रहार गरेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार