काठमाडौं। अमेरिकी गृह सुरक्षा सचिव क्रिस्टी नोएमका अनुसार अमेरिकाको वासिङ्टनस्थित एक यहूदी संग्रहालय बाहिर दुई इजरायली दूतावास कर्मचारीको हत्या भएको छ।
स्रोतले बीबीसीको भगिनी च्यानल सीबीएसलाई बताएअनुसार घटनामा एक पुरुष र एक महिलालाई गोली लागेको छ। क्यापिटल यहूदी संग्रहालयमा आयोजित एक कार्यक्रमबाट बाहिर निस्केपछि दुवैलाई गोली हानी हत्या गरिएको हो। आक्रमण सुनियोजित तरिकाले गरिएको बीबीसीले उल्लेख गरेको छ।