समाज रुपान्तरणको लागि वैचारिक बहस अत्यावश्यक छ: पूर्वराष्ट्रपति भण्डारी

Nagarik Sewa 4387+ समाचार ( )
२८ आश्विन २०८२, शनिबार

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समाज रुपान्तरणको लागि विचार नै सबैभन्दा महत्वपूर्ण कुरा भएको बताउनुभएको छ ।

मदन भण्डारी फाउण्डेशनले शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले यस्तो बताउनुभएको हो । उहाँले स्टेट, सोसाइटी एण्ड डेभलपमेण्ट जर्नलको विमोचन कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले जर्नल जबजलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउने एउटा आधिकारित माध्यम बन्ने बताउनुभयो ।

पूर्वराष्ट्रपति भण्डारीले जबजले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्यलाई अघि बढाएको बताउनुभयो । जर्नलले कम्युनिष्ट आन्दोलनलाई समय र परिस्थितिअनुसार सही रुपमा बुझ्न र व्यवहारिक रुपमा अवलम्वन गर्दै विश्व कम्युनिष्ट आन्दोलनलाई मजबुत बनाउने दिशामा समेत थप योगदान गर्नसक्ने बताउनुभयो । नेकपा एमालेले पनि समृद्ध नेपाल र सुखी नेपालीको साझा लक्ष्य पूरा गर्न जबजको सिद्धान्तलाई आत्मसाथ गरेको बताउनुभयो । 

पूर्वराष्ट्रपति भण्डारीले जबजले माक्सवाद, लेनिनवादको आधारमा नेपाली समाजवादको गहिरो विश्लेषण गर्दै सामाजिक, ऐतिहासिक, सांस्कृतिक तथा भराजनीतिक विशेषतालाई आत्मसाथ गर्दै समाजवादको मार्गमा लोकतान्त्रिक पद्धति र बहुदलीय प्रतिष्पर्धालाई समावेश गर्दै विशिष्ट र सिर्जनात्मक बाटो निर्माण गरेको बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार