मुख्य समाचार
सार्वजनिक सवारीसाधनको बाटो इजाजत/सञ्चालनमा कडाइ | नेप्सेमा वृद्धि | ट्रम्प र सीबीच हुँदैछ यी महत्वपूर्ण विषयमा छलफल | मूल्यवृद्धिको विषयमा संसदमा वादविवाद | सांसदहरूलाई नियमापत्तिको आधार पुष्टि गर्न निर्देशन | जलवायु जोखिमबाट स्वच्छ ऊर्जा नेतृत्वतर्फ अघि बढ्नुपर्छ : सञ्चार उद्यमी ज्ञवाली | विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न |

७२ जना मार्न आदेश दिने एसएसपी विश्व अधिकारी पदमा बसिरहन मिल्छ ?

Nagarik Sewa 4881+ समाचार ( )
६ अशोज २०८२, सोमबार

काठमाडौं । भदौ २३ गतेको जेन्जी आन्दोलन र चैत १५ को राजावादी प्रदर्शनले केवल राजनीतिक मात्र होइन, सुरक्षा व्यवस्थापनको दृष्टिकोणबाट पनि गम्भीर प्रश्न खडा गरिदियो। ती घटनामा ७२ युवाको ज्यान गयो र सयौं घाइते भए। तर घटनाको केन्द्रबिन्दुमा रहेका काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीको नेतृत्व र निर्णय क्षमताले सर्वसाधारणमा विश्वास संकटमा पारेको छ।

संसद भवनतर्फ प्रदर्शनकारी प्रवेश गर्न लाग्दा, अधिकारीले पटक–पटक गोली हान्ने आदेश दिएको दाबी गरिएको छ। प्रहरी सञ्चार सेटमा रेकर्ड गरिएको भनिएको उक्त आदेशमा खटिएका सुरक्षाकर्मीले समेत सुनिएको पुष्टि गरेका छन्। यदि संयम अपनाइएको भए, ती निर्दोष ज्यान बच्न सक्ने अवस्था थियो। 

सामाजिक सञ्जाल र समाचारमा उनलाई ‘सिंघम’ र ‘सक्षम कमाण्डर’ प्रस्तुत गरिए पनि, भदौ २४ मा उनी सेनाको गणमा लुकेको प्रमाण छ। यसले जनताको सुरक्षामा प्रहरी नेतृत्वको असफलता उजागर गरेको छ र “के प्रहरी आफैं लुकेको अवस्थामा सुरक्षा कसरी सम्भव छ?” भन्ने प्रश्न उठाएको छ। 

चैत १५ को प्रदर्शनमा प्रहरी सहित नागरिकको ज्यान गए पनि उनले जवाफदेहिता लिएका थिएनन्। विभिन्न जिल्लामा छोटो समयमै सरुवा हुने, निर्णय क्षमतामा कमजोरी देखाउने र घटनाप्रति गैरजिम्मेवार व्यवहार देखाउने इतिहासले आजको त्रासदीलाई निरन्तर असफलताको परिणाम बनाएको देखाउँछ।

समाज दुई धारमा विभाजित छ। एक पक्षले कठिन परिस्थितिमा संयमित नेतृत्व गरेको भन्दै समर्थन गर्छ भने, ठूलो संख्यामा नागरिक, पीडित परिवार र सामाजिक अगुवाहरूले उनकै आदेशले निर्दोषको ज्यान गएको भन्दै तत्काल कारबाहीको माग गर्दै आएका छन्।

जेन्जी आन्दोलनमा ज्यान गुमाएका ७२ युवाको मृत्यु केवल आकस्मिक दुर्घटना होइन। यो प्रहरी नेतृत्वको गल्ती र असंवेदनशील निर्णयको प्रत्यक्ष परिणाम हो। यस्तो अवस्थामा विश्व अधिकारीलाई पदमा राख्नु जनतामाथि अपमान बराबर छ। सुरक्षा प्रणालीमा विश्वास पुनःस्थापित गर्न अब तत्काल कारबाही अपरिहार्य छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार