मुख्य समाचार
विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक |

निजी विद्यालयका शिक्षक र विद्यार्थीलाई ‘एआई एक्सपेरियन्स’ कार्यक्रम सुरु

Nagarik Sewa 4875+ समाचार ( )
१४ मंगशिर २०८१, शुक्रबार

काठमाडौं । निजी विद्यालयका शिक्षक र विद्यार्थीलाई ‘एआई एक्सपेरियन्स’ कार्यक्रम सुरु हुने भएको छ ।  निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले डिजिटल एन्ड बियोन्डसँग सहकार्य गरेर एआईको कक्षा सञ्चालन गर्न लागेको हो ।  

काठमाडौँ महानगरसंग सम्झौता गरेर सामुदायिक विद्यालयमा निःशुल्क एआईको कक्षा सञ्चालन गर्दै आएको गुगलको स्थानीय साझेदार कम्पनी बियोन्डले निजी विद्यालयका विद्यार्थी र शिक्षकलाई पनि कक्षा चलाउन लागेको हो । 

प्याब्सनका अध्यक्ष डीके ढुङ्गानाले निजी विद्यालयका शिक्षकलाई प्रविधिमैत्री बनाउने प्रयासको सुरुवात भएको बताए । पहिलो चरणमा दुई सय शिक्षक र १४ हजार विद्यार्थीलाई एआईको कक्षामा सहभागी गराइने उनले बताए । सात महिना भित्र काठमाडौँ उपत्यका दुई सय विद्यालय छनोट गरेर कार्यक्रम पुरा गर्ने लक्ष्य रहेको उनले बताए । 

एआईको कक्षा लिए बापत विद्यार्थी र शिक्षकले कुनै शुल्क तिर्न नपर्ने डिजिटल एन्ड बियोन्डका प्रमुख कार्यकारी अधिकृत सगुन ढुङ्गानाले बताए । कक्षा लिए बापत शिक्षकलाई उल्टै खाजा खर्च दिने योजना रहेको उनले बताए । यो कार्यक्रम बिस्तार गरेर थप तीन हजार शिक्षकलाई एआईको कक्षामा सहभागी गराइने ढुङ्गानाले बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार