राष्ट्रिय समस्या समाधानका लागि एकीकृत समाजवादीले बुझायो प्रधानमन्त्री ओलीलाई मागपत्र

Nagarik Sewa 4387+ समाचार ( )
१७ वैशाख २०८२, बुधवार

काठमाडौं । नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरूले प्रधानमन्त्री केपी ओलीलाई माग पत्र बुझाएका छन् । प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनीहरु बुधबार माग पत्र बुझाएका हुन् । 

‘हाम्रो अपमानपूर्ण इतिहासलाई बदल्न, हाम्रो राजनीतिका नालायकीबाट शिक्षा लिन, बरालिएको राजनीतिलाई राष्ट्र निर्माणमा फर्काउन र लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै समृद्धि र समाजवादका आधार तयार गर्ने एउटा सार्थक राजनीतिका लागि ढिलो भैसकेको छ । त्यसबाट आजको राजनीतिक अस्थिरता, अन्योल, निराशा, उकुसमुकुस र आक्रोश उत्पन्न भइरहेको छ । समयको यही मागलाई दृष्टिगत गरेर हाम्रो पार्टीले ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ नाराका साथ मुलुकका सामु निम्न प्रस्तावका अगाडि सारेको छ’, माग पत्रमा उल्लेख छ ।

राष्ट्रिय समस्या समाधानका लागि सरकारले ल्याउन लागेको आगामी नीति तथा कार्यक्रममा समावेश गर्ने गरी ध्यानाकर्षण गराउन अध्यक्ष माधव नेपाल सहितका नेताहरू अहिले बालुवाटार पुगेका हुन् ।  


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार