मुख्य समाचार
सार्वजनिक सवारीसाधनको बाटो इजाजत/सञ्चालनमा कडाइ | नेप्सेमा वृद्धि | ट्रम्प र सीबीच हुँदैछ यी महत्वपूर्ण विषयमा छलफल | मूल्यवृद्धिको विषयमा संसदमा वादविवाद | सांसदहरूलाई नियमापत्तिको आधार पुष्टि गर्न निर्देशन | जलवायु जोखिमबाट स्वच्छ ऊर्जा नेतृत्वतर्फ अघि बढ्नुपर्छ : सञ्चार उद्यमी ज्ञवाली | विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न |

वर्षाका कारण विभिन्न राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध

Nagarik Sewa 4881+ समाचार ( )
१५ कार्तिक २०८२, शुक्रबार

काठमाडौं। जल तथा मौसम विज्ञान विभाग एवं राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचना अनुसार पछिल्लो समय भएको निरन्तरको वर्षापछिको पहिरोले देशका विभिन्न राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध हुन पुगेका छन् । बङ्गालको खाडीमा विकसित चक्रवत ‘मोन्था’का कारण कोशी प्रदेशका धेरै स्थानमा अत्यधिक वर्षा भई विपद्जन्य घटना घट्न सक्ने कुरालाई मध्यनजर गर्दै मेची राजमार्गमा रातको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ । यो राजमार्गको इलाम खण्ड भने पहिरोका कारण अवरुद्ध छ ।  

सङ्खुवासभाको भोटखोला–४ बरुणखोला स्थित कोशी राजमार्ग गत जेठदेखि नै अबरुद्ध छ ।  बरुणखोलामा बाढी आई ह्युम पाइप बगाएको हुँदा खाँदबारी देखि थुमसुर जाने कोशी राजमार्ग पूर्ण रूपमा अवरोध भएको हो । रुकुम पूर्व मध्यपहाडी लोकमार्ग निर्माण कार्य अवधिसम्मको लागि पूर्णरुपमा बन्द रहेको छ । 

मुस्ताङ वारागुङ मुक्तिक्षेत्रको जोमसोम कोरोला सडक खण्ड स्थित छुसाङ र ताङवे, बिच कालाभिर स्थित बाटो अवरोध  लेदोसहितको पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छ । यता म्याग्दी बेनी–०४ घुमाउने भिर स्थित बेनी –दरवाङ सडक खण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छ । बीपी राजमार्गको विभिन्न स्थानमा पनि सडक अवरुद्ध छ । पाँचथरको तुम्वेवा–२ र धनकुट्टाको चौबिसे –४ सिमाना स्थित तमोर–कोरिडोर सडकखण्ड बाढीका कारण अबरुद्ध छ । 

ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका ०६ र ०७ को सिमाना स्थित सिद्धिचरण लोकमार्ग,  रसुवाको पासाङल्हामु सडक खण्डमा विभिन्न स्थान, सिन्धुलीको  गोलन्जोर–६ अकरेभिर स्थित मध्य पहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध रहेको छ । पाँचथरको याङवरक–३ मध्य पहाडी लोकमार्ग, रामेछापको खाँडादेवी–१ खैरेनीघाट स्थित मध्य पहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध रहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार