मुख्य समाचार
बजेट अधिवेशनलाई फरक र प्रभावकारी बनाउनेगरी तयारी हुँदैछः सभामुख अर्याल | लिग–२ खेल्ने राष्ट्रिय टोली घोषणा | आपराधिक पृष्ठभूमिका दुई सयजनाको सूची तयार | सामान्य बढ्यो नेप्से | १० करोड बढी गैरकानुनी आर्जनमा भाइकाजी तिवारीविरुद्ध दोस्रो मुद्दा | ‘भोकालाई खाना, प्यासीलाई पानी’ अभियान सञ्चालन गरिएको संरचनामा डोजर | नेपाल राष्ट्रिय व्यवसायी महासंघद्वारा अर्थमन्त्रीको ध्यानाकर्षण | रास्वपा सांसदले १६ हजार र मन्त्रीले पार्टीलाई मासिक १८ हजार दिनुपर्ने | उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापतिमा रहबर अन्सारी | नेपाली कांग्रेसले भरत खड्कालाई सार्वजनिक लेखा समितिको सभापति बनाउने |

संयुक्त विद्यार्थी संगठनले कार्यवाहक प्रधानमन्त्री सिंह समक्ष बुझाए ज्ञापनपत्र

Nagarik Sewa 4382+ समाचार ( )
१७ भाद्र २०८२, मङ्गलबार

काठमाडौं। संयुक्त विद्यार्थी संगठनले कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई ९ बुँदे ज्ञापनपत्र बुझाउँदै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित भएर सदनमा दर्ता भएको विधेयकप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ। प्रस्तावित विधेयकले उक्त अपेक्षाहरूलाई लत्त्याउँदै शैक्षिक निजीकरण र व्यापारीकरणलाई थप संस्थागत गर्ने, सार्वजनिक शिक्षालाई ध्वस्त पार्ने र युवाहरूको विदेश पलायनलाई प्रोत्साहन गर्ने गरी आएकोमा आपत्ति जनाएका छन् । ज्ञापनपत्र बुझाउनेमा अखिल क्रान्तिकारी, अनेरास्ववियु, नेविसंघ लगायत १७ वटा विद्यार्थी संगठन रहेका छन् ।

‘२०२८ सालको पुरानो शिक्षा ऐन प्रतिस्थापन गर्न ५४ वर्षपछि आउँदै गरेको शिक्षा ऐन नेपालको संविधानको मर्मअनुसार शिक्षा क्षेत्रका तमाम विकृति र विसङ्गतिलाई चिर्दै शिक्षामा आमूल परिवर्तन हुनेछ भन्ने हाम्रो अपेक्षा रहेको थियो । तर प्रस्तावित विधेयकले उक्त अपेक्षाहरूलाई लत्त्याउँदै शैक्षिक निजीकरण र व्यापारीकरणलाई थप संस्थागत गर्ने, सार्वजनिक शिक्षालाई ध्वस्त पार्ने र युवाहरूको विदेश पलायनलाई प्रोत्साहन गर्ने गरी आएको छ’, ज्ञापनपत्रमा भनिएको छ ।

विश्वव्यापी कानुनी एवं नैतिक मूल्यको जगमा शिक्षाको अभिभावकत्व एवं अभिभावकविहीन बालबालिकाको शिक्षादीक्षा एवं भरणपोषणको मूल दायित्व राज्यको हुने गरी व्यावसायिक, नैतिक, प्रतिस्पर्धी, पहुँचयुक्त, राष्ट्रिय हितप्रति समर्पित हुने जनशक्तिको निर्माण गर्ने शिक्षाको व्यवस्था गर्न राखिएको मागहरू यथाशीघ्र ऐनमा समावेश गरी विद्यार्थीमैत्री विद्यालय शिक्षा ऐन जारी गर्न माग गरेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार