मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

लाप्राकमा केन्द्रीय प्रसारण लाइनको बिजुली पुग्यो

Nagarik Sewa 4868+ समाचार ( )
६ मंगशिर २०८२, शुक्रबार

गोरखा। लाइन बिस्तार भएको करिव चार वर्षपछि गोरखाको धार्चे गाउँपालिका वडा नम्बर ४ मा पर्ने लाप्राकमा केन्द्रीय प्रसारण लाइनको बिजुली बलेको छ। उक्त बस्तीमा बिहीबारबाट विद्युत प्रवाह गरिएको नेपाल विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रले जनाएको छ।

प्राधिकरणका गण्डकी प्रादेशिक कार्यालय प्रमुख विक्रमकुमार अमात्य र वडाध्यक्ष किसान गुरुङले संयुक्त रुपमा वडा कार्यालयमा बिजुली बालेर केन्द्रीय प्रसारण लाइनको उद्घाटन गरेका छन्। ‘वडा कार्यालयमा मिटर बक्स जडान गरेर बिजुली बाल्यौं,’ कार्यालय प्रमुख चीजबहादुर गुरुङले भने, ‘बस्तीका घरधुरीमा मिटर जडानको काम भइरहेको छ।’ मिटर बक्स जडान भएसँगै घरघरमा बिजुली बल्ने उनले बताए।

उनका अनुसार पहिलो चरणमा ६० घरधुरीमा मिटर बक्स जडान हुनेछ । जडानका लागि दुई जना प्राविधिक खटाइएको छ। केन्द्रीय प्रसारणको लाइन जडान भएकाले अबका दिनमा समस्या नहुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । ‘लघुजलविद्युतबाट बिजुली बाल्दा पावर नपुग्ने, वाइफाई समेत नचल्ने जस्ता समस्या थियो, अब केन्द्रीय प्रसारणको बिजुली बालेपछि त्यो समस्या आउँदैन,’ विद्युत् प्राधिकरण गोरखा वितरण केन्द्र प्रमुख गुरुङले भने ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार