काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार ७०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार, सुनको मूल्य तोलामा तीन लाख दुई हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार प्रतितोला तीन लाख तीन हजार ९०० रुपैयाँमा किनबेच भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य तोलामा ३० रुपैयाँ घटेको छ । चाँदी प्रतितोला चार हजार ७७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।