मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

आज राष्ट्रियसभाको बैठक बस्दै

Nagarik Sewa 4868+ समाचार ( )
३१ असार २०८२, मङ्गलबार

काठमाडौं। सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक मंगलबार दिउँसो सवा १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । सचिवालयका अनुसार बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त निजामती सेवा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । 

यो विधेयकमा कुलिङ अफ पिरियडबारे चलखेल भएको थियो । जसलाई राष्ट्रिय सभाबाट सच्चाउने अपेक्षा गरिएको छ। मन्त्री गुप्ताले कर्मचारी सरुवा रोक्न र नियुक्ति दिलाउन ७८ लाख घुस रकम डिल गरेको अडियो सार्वजनिक भएपछि सत्ता र प्रतिपक्षीका सांसदहरूले उनको राजीनामा र सरकारको जवाफ माग गरिरहेका छन् । मन्त्री गुप्ता र अडियोबारे सत्यतथ्य माग भइरहेपनि उनले राजीनामा दिएका छैनन्, भने प्रधानमन्त्रीले समेत बर्खास्त गरेका छैनन् । प्रश्न उठेपछि गुप्ताले राजीनामा दिने वा बर्खास्त हुने अपेक्षाविपरित सोमबारको मन्त्रिपरिषद् बैठकमा मन्त्री गुप्ता सहभागी भएका थिए ।  

यस्तै मंगलबारकै राष्ट्रिय सभा बैठकमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘जलस्रोत विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार