मुख्य समाचार
सार्वजनिक सवारीसाधनको बाटो इजाजत/सञ्चालनमा कडाइ | नेप्सेमा वृद्धि | ट्रम्प र सीबीच हुँदैछ यी महत्वपूर्ण विषयमा छलफल | मूल्यवृद्धिको विषयमा संसदमा वादविवाद | सांसदहरूलाई नियमापत्तिको आधार पुष्टि गर्न निर्देशन | जलवायु जोखिमबाट स्वच्छ ऊर्जा नेतृत्वतर्फ अघि बढ्नुपर्छ : सञ्चार उद्यमी ज्ञवाली | विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न |

नेपाल नेदरल्याण्ड्ससँग १० विकेटले पराजित

Nagarik Sewa 4881+ समाचार ( )
२३ माघ २०८१, बुधवार

काठमाडौं। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग १० विकेटले पराजित भएसँगै महिला त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा लगातार पाँचौंमा पराजित भएको छ। 

नेपालले दिएको १४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्‍यो । नेदरल्याण्ड्सका लागि स्टेरे कालिस २ रनले शतकबाट चुकिन् । स्टेरे ९८ र फिबे मोल्केनबोअर ४८ रनमा अविजित रहिन् । यसअघि नेपालले पूरै ओभर खेलेर ४ विकेटको क्षतिमा १४५ रन बनाएको थियो ।

नेपालका लागि पूजा महतोले अर्धशतकीय पारी खेलिन् । ५१ बलमा ५ चौका प्रहार गर्र्दै पूजा ६२ रनमा अविजित रहिन् । पाँचौं बलमा सम्झना खड्का ६ र २।४ ओभरमा ममता चौधरी १ रनमा आउट हुँदा धर्मराएको नेपाली ब्याटिङलाई पूजा र कप्तान इन्दु बर्माको साझेदारीले सम्मानजनक योगफलतर्फ लग्यो ।

तेस्रो विकेटका लागि कप्तान इन्दु बर्मा र पूजाले ७८ रनको साझेदारी गरे । इन्दुले भने ३९ रन बनाइन् । रुबिना क्षेत्रीले २० रन बनाउँदा कविता जोशी भने ७ रनमा अविजित रहिन् । नेदरल्याण्ड्सका लागि आइरिस ज्विलिङले २ तथा हेदर सिगर्स र क्यारोलिन डे लाङ्गेले १–१ विकेट लिइन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार