काठमाडौं। सभामुख देवराज घिमिरेले संसद्को पाक्षिक क्यालेन्डर तय गर्न कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छ।
सभामुख घिमिरेले मध्यान्ह १२ बजे नयाँ वानेश्वरस्थित संसद् भवनको शंकर हलमा कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएको उहाँका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिनुभयो ।
बैठकले साउन १५ गतेसम्मको प्रतिनिधिसभाको क्यालेन्डर तय गर्नेछ ।