काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)ले प्रधानमन्त्री निवास बालुवाटार पुगेर बुधबार बिहान ९ बजे प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका छन्। स्रोतका अनुसार प्रधानमन्त्री कार्कीसँगको भेटमा बालेनले आन्दोलनको माग अनुसार काम गर्नुपर्नेमा जोड दिएका थिए ।
जवाफमा प्रधानमन्त्रीले जेनजीको मागमा आफू प्रतिबद्ध रहेको बताएकी थिइन् । उनले निर्वाचन र सुशासनलाई आफूले केन्द्रमा राखेको बताएकी थिइन् । भेटमा प्रधानमन्त्रीका श्रीमान् दुर्गा सुवेदी सहित सचिवालयका सदस्यहरू थिए । यस्तै मेयर शाहको तर्फबाट सहयोगी कुमार बेन सहितको टोली थियो । छलफल करिब ३० मिनेट चलेको थियो ।