काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्माणाधीन काठमाडौं–तराई द्रुतमार्गको निरीक्षण गरेकी छिन् । प्रधानमन्त्री कार्कीले मंगलबार (माघ १३) मा उक्त द्रुतमार्गको निरीक्षण गरेकी हुन् ।
निरीक्षणका क्रममा उनले भौतिक प्रगति विवरणलगायत जानकारी लिएकी थिइन् । यो द्रुतमार्ग सरकारको राष्ट्रिय गौरवको योजना हो ।