मुख्य समाचार
विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक |

उद्घाटनको केही महिनामै ढल्यो चीनको ७५८ मिटर लामो पुल

Nagarik Sewa 4875+ समाचार ( )
२७ कार्तिक २०८२, बुधवार

काठमाडौं । दक्षिण–पश्चिम चीनको सिचुआन प्रान्तको आबा तिब्बती र कियु तुजिया स्वायत्त प्रिफेक्चरमा रहेको शुआङ्गजियाङ्कौ जलविद्युत् स्टेशनमा बनेको होङकी पुलको एक भाग मंगलबार दिउँसो ढलेको छ ।

यो पुल चार महिनाअघि मात्रै सर्वसाधारणका लागि खोलिएको थियो । एक भिडियोमा पुल खसेको देख्न सकिन्छ । यस घटनाले चीनको तीव्र गतिमा बढिरहेका पूर्वाधार परियोजनाहरूको सुरक्षामाथि प्रश्न खडा गरेको बताइएको छ ।

स्थानीय अधिकारीहरूका अनुसार, पुलको पहुँच मार्ग र सडक पेटीमा दरारहरू देखिएपछि यातायात बन्द गरिएको थियो । तर, भारी वर्षा र पहाडी इलाकामा गएको पहिरोले अवस्था बिगारेको थियो ।

७५८ मिटर लामो यो पुल जलविद्युत परियोजनालाई जोड्नका लागि निर्माण गरिएको थियो । दिउँसो करिब २ बजे पहिरो जान सुरु भएको थियो जसले गर्दा पुलको एउटा ठूलो भाग नदीमा खस्यो । दुर्घटनाअघि नै पुल बन्द गरिएकाले कुनै हताहत भएन । स्थानीय विपद् व्यवस्थापन विभागले तत्काल उद्धार टोली खटाए पनि भारी वर्षाका कारण अभियान कठिन भयो ।

चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सको रिपोर्टअनुसार यो घटना क्षेत्रमा लगातार भइरहेको वर्षाको परिणाम हो, जुन जलवायु परिवर्तनसँग जोडिएको छ । सामाजिक सञ्जालमा चीनको यो पुल खसेको भिडियो भाइरल भएका थियो । ढल्दै गरेको पुलको भिडियो हेरेर यसको गुणस्तरको अनुमान लगाउन सकिन्छ । रेडिटका प्रयोगकर्ताहरूले यसलाई इन्जिनियरिङको लापरबाही भनेर टिप्पणी गरेका छन् । तर, केहीले प्राकृतिक विपत्तिलाई कारण देखाएका छन् ।

चिनियाँ सरकारले जाँचको आदेश दिएको छ । विज्ञहरूले निर्माण सामग्रीको गुणस्तर र भूगर्भीय सर्वेक्षणमाथि प्रश्न उठ्ने विश्वास गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै