तोलामा १४ सयले घट्यो सुनको मूल्य

Nagarik Sewa 4387+ समाचार ( )
१९ कार्तिक २०८२, मङ्गलबार

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा मंगलबार सुन तथा चाँदीको मूल्य घटेको छ। आज सुनको मूल्य तोलामा १४ सय रुपैयाँले घटेको हो । 

यससँगै मंगलबार छापावाल सुनको मूल्य तोलामा २ लाख ३८ हजार ३०० रुपैयाँ कायम भएको छ । सोमबार छापावाल सुन प्रतितोला २ लाख ३९ हजार ७०० रुपैयाँका कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले घटेको छ । सोमबार प्रतितोला ३ हजार ६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार तोलामा ३ हजार १५ रुपैयाँ कायम भएको हो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार