मुख्य समाचार
सार्वजनिक सवारीसाधनको बाटो इजाजत/सञ्चालनमा कडाइ | नेप्सेमा वृद्धि | ट्रम्प र सीबीच हुँदैछ यी महत्वपूर्ण विषयमा छलफल | मूल्यवृद्धिको विषयमा संसदमा वादविवाद | सांसदहरूलाई नियमापत्तिको आधार पुष्टि गर्न निर्देशन | जलवायु जोखिमबाट स्वच्छ ऊर्जा नेतृत्वतर्फ अघि बढ्नुपर्छ : सञ्चार उद्यमी ज्ञवाली | विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न |

सुमो दुर्घटना हुँदा ३ जनाको मृत्यु

Nagarik Sewa 4881+ समाचार ( )
१७ माघ २०८१, बिहीबार

काठमाडौं। खोटाङबाट बिरामी लिएर काठमाडौं आउँदै गरेको टाटा सुमो ओखलढुंगामा बिहीबार बिहान दुर्घटना हुँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ। ना १ ज ६४२१ नम्बरको सुमो खोटाङको कोपीलासगढी गाउँपालिकाबाट उपचारको लागि बिरामी लिएर काठमाडौं आउँदै थियो। सुमो दुर्घटना भएको अवस्थामा स्थानीयले बिहान प्रहरीलाई जानकारी दिएपनि दुर्घटना राति नै भएको हुन सक्ने अनुमान गरिएको छ। 

सुमो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाको भँडारे खोलामा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो। दुर्घटनामा ५६ वर्षीया मायादेवी गुरुङ, उनका छोरा २८ वर्षीय पुजन गुरुङ र मायाकी बहिनी ४५ वर्षीया तारा गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय ओखलढुंगाले जानकारी दिएको छ।

बिरामी मायालाई लिएर छोरा र बहिनी काठमाडौं आउँदै थिए। सुमोमा चालकसहित चार जना सवार थिए। चालक सुनसरी जिल्लाको इनरुवा निवासी वर्ष २२ का अनिल पण्डित फरार छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार