काठमाडौं । यो साताको कारोबारको तेस्रो दिन बुधबार (असोज १४) सम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक लगातार घटेको छ । बुधबार नेप्से सूचक ४.८२ अंक अर्थात् ०.१८ प्रतिशतले घटेर २५९८ दशमलव ८९ विन्दुमा बन्द भएको छ । यसको अघिल्लो दिन मंगलबार नेप्से ९.६२ अंकले र सोमबार १६.४७ अंकले घटेको थियो ।
आज कुल ३५२ कम्पनीको १ करोड २६ लाख ५५ हजार ३७४ कित्ता सेयर किनबेच भयो । कुल कारोबार रकम ४ अर्ब ७६ करोड ५१ लाख २३ हजार ८८५ रुपैयाँ पुगेको छ । कुल ४७ हजार ९ सय पटकको कारोबारमार्फत उक्त सेयर किनबेच भएको नेप्सेले जनाएको छ । यसदिन १०९ कम्पनीकोसेयर मूल्य उकालो लाग्दा १५७ कम्पनीको सेयर मूल्य ओरालो लाग्यो । यस्तै, १३ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।
यसदिन कमाउने कम्पनीमा पहिलो सिन्धु विकास बैंक, दोस्रो सयपत्री हाईड्रोपावर र तेस्रो घलेम्दी हाईड्रोपावर रहेको छ । यस्तै सबैभन्दा बढी गुमाउने कम्पनीमा सानीमा ग्रोथ फण्ड, चिर्ख्वा हाईड्रोपावर र सोपान फार्मेस्युटिकल्स रहेका छन् ।
यसदिन उपसमूहमा हाईड्रोपावर, म्युच्युअल फण्ड र ट्रेडिङ ईन्डेक्सको मात्रै बढ्दा यसबाहेकका सबै उपसमूहहरूको सेयर मूल्य घटेको छ ।