मुख्य समाचार
भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान |

जाँचबुझ आयोगद्वारा अध्यक्ष ओलीलाई बयानका लागि पत्र काट्ने तयारी

Nagarik Sewa 4873+ समाचार ( )
१७ पौष २०८२, बिहीबार

काठमाडौं। भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको घटनाको सत्यतथ्य पत्ता लगाउन गठित जाँचबुझ आयोगले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि पत्र काट्ने तयारी गरेको छ। बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले जेनजी आन्दोलनको विषयमा सोधपुछ गर्न ओलीलाई बोलाउन लागिएको जानकारी दिनुभएको हो।

अध्यक्ष कार्कीले पूर्वगृहमन्त्री रमेश लेखकसँगको बयान प्रक्रिया भने सकिसकेको बताउनुभएको छ। एमाले अध्यक्ष ओलीलाई बयानका लागि बोलाउँदा उपस्थित नभए के हुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा कार्कीले ‘भोलिको कुरा भोलि नै हुने’ भन्दै संक्षिप्त प्रतिक्रिया दिनुभयो। उहाँले आयोगलाई थप गरिएको पछिल्लो म्यादभित्रै अनुसन्धान सकेर सरकारलाई प्रतिवेदन बुझाउने दाबी समेत गर्नुभयो। भदौमा भएको उक्त आन्दोलन र त्यस क्रममा घटेका घटनाहरूको सम्बन्धमा आयोगले विभिन्न राजनीतिक दलका नेता र सरोकारवालासँग बयान लिने कार्यलाई तीव्रता दिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार