चुनावपछि कानुन व्यवसायमा फर्किन्छुः गृहमन्त्री अर्याल

Nagarik Sewa 4387+ समाचार ( )
२४ पौष २०८२, बिहीबार

काठमाडौं। गृहमन्त्री ओमप्रकाश अर्यालले चुनावपछि कानुन व्यवसायमा फर्किने घोषणा गर्नुभएको छ। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नागरिक सरकारका केही मन्त्रीहरूले चुनावी तयारी गरिरहेका बेला गृहमन्त्री अर्यालले यस्तो बताउनुभएको हो। 

कानुन व्यवसाय गर्दा आफू मानव अधिकारका पक्षमा लडेको गृहमन्त्री अर्यालले दाबी गर्नुभयो। उहाँले भन्नुभयो, ‘म पीडितका लागि न्याय खोजेर हिडेको मान्छु हुँ। मानव अधिकारकै क्षेत्रमा काम गरेको मान्छे हुँ। अहिले त्यही प्रयास गरिरहेको छु, भोलि पनि त्यही गर्छु।’ मानव अधिकारका पक्षमा लड्का आफू सडकमा रहेको र फेरि पनि सडकमै आएर नागरिक जस्तै पेशा गर्ने उहाँले बताउनुभयो।  

‘कानून व्यवसायमा पनि मानवअधिकार, सामाजिक न्याय, पीडितको न्यायका लागि लडेको मान्छे हो। म दण्डहिनताको पक्षमा छैन। मेरो बलबुताले भ्याएसम्म दण्डहिनता रहन दिन्न,’ गृहमन्त्री अर्यालले भन्नुभयो । अहिलेको सरकारको दायित्व फागुन २१ को चुनाव नै रहेकाले त्यसैमा केन्द्रित भएर काम गरिरहेको उहाँले बताउनुभयो। चुनाव सकिए लगत्तै आफू कानुन व्यवसायमै फर्किने उहाँले बताउनुभयो।  

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार