राज्यले शिक्षामा सबैलाई समान अवसर प्रदान गर्ने गरी नीति निर्माण गर्नुपर्छः अध्यक्ष प्रचण्ड

Nagarik Sewa 4507+ समाचार ( )
२३ श्रावण २०८२, बिहीबार

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी शिक्षालाई बिस्तारै नियन्त्रण गर्दै राज्यले शिक्षामा सबैलाई समान अवसर प्रदान गर्ने गरी नीति निर्माण गर्नुपर्ने बताउनुभएको छ। बिहीबार अखिल क्रान्तिकारीले गरेको शैक्षिक संवादका क्रममा पूर्व प्रधानमन्त्री समेत रहनुभएका प्रचण्डले नेपालको संविधानले नै सबैलाई समान शिक्षा दिने व्यवस्थाको परिकल्पना गरेको बताउनुभएको हो।  

‘तर अहिलेसम्म राज्यले त्यसअनुसारको शिक्षा नीति त्यसअनुसार कार्यान्वयन गर्न सकेको छैन’, उहाँले भन्नुभयो, ‘उच्च शिक्षामा देखापरेका समस्या समाधान गर्न हाम्रै पालामा उच्च शिक्षा आयोग गठन गरेको थियो र त्यसमा विसङ्गति समाधान गर्ने उपाय सुझाएको थियो तर त्यो प्रतिवेदन नै आफूपछिको सरकारले गायब बनायो ।’

त्यसक्रममा प्रचण्डले समाजवाद उन्मुख राज्य र समाजवाद उन्मुख शिक्षा भनेको धनी र गरिबलाई अलग अलग नभई समान अवसरको परिकल्पना गर्ने बताउनुभयो। उहाँले समाजवाद उन्मुख राज्य र समाजवाद उन्मुख शिक्षा मुख्यतः दलाल पूँजीका विरुद्ध,नोकरशाही पूँजीका विरुद्ध र सबैखाले सामाजिक विभेद र विकृतिका विरुद्ध हुने पनि बताउनुभयो। 

उहाँले विद्यालय शिक्षा विधेयक लामो समय लड्केर बसेको अवस्थामा आफूले चलखेल भएको थाहा पाएपछि फिर्ता लिएर पुनः दर्ता गरेको दाबी गर्नुभयो। त्यसक्रममा उहाँले शिक्षा विधेयक संसद्‌मा पुग्न एमाले र कांग्रेसका कारण ढिलो भएको भन्दै यसमा भ्रममा नपर्न आग्रह गर्नुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार