०.७९ अंकले घट्यो नेप्से

Nagarik Sewa 4387+ समाचार ( )
५ मंगशिर २०८२, बिहीबार

काठमाडौं। नेप्से परिसूचक बुधबारको तुलनामा बिहीबार ०.७९ अंकले घटेर २५६०.२९ विन्दुमा ओर्लेको छ। अघिल्लो दिनको तुलनामा यो ०.०३ प्रतिशतले घटेको हो । 

बिहीबार कारोबारमा आएकामध्ये ११२ कम्पनीको सेयर मूल्य बढ्यो, १ सय ३८ कम्पनीको मूल्य घट्यो भने ६ कम्पनीको मूल्य स्थिर रह्यो । यसदिन सेयर मूल्य बढ्ने भन्दा घट्ने कम्पनीको संख्या धेरै भएकाले समग्र नेप्से घटेको हो ।

सो दिन कुल ६६ हजार ७९ पटकको सेयर कारोबारमा १ करोड ४ लाख ४९ हजार २ सय ९६ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ४ अर्ब ६८ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको हो । बुधबार सेयर बजारमा ३ अर्ब ७७ करोड ८६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार