मुख्य समाचार
बजेट अधिवेशनलाई फरक र प्रभावकारी बनाउनेगरी तयारी हुँदैछः सभामुख अर्याल | लिग–२ खेल्ने राष्ट्रिय टोली घोषणा | आपराधिक पृष्ठभूमिका दुई सयजनाको सूची तयार | सामान्य बढ्यो नेप्से | १० करोड बढी गैरकानुनी आर्जनमा भाइकाजी तिवारीविरुद्ध दोस्रो मुद्दा | ‘भोकालाई खाना, प्यासीलाई पानी’ अभियान सञ्चालन गरिएको संरचनामा डोजर | नेपाल राष्ट्रिय व्यवसायी महासंघद्वारा अर्थमन्त्रीको ध्यानाकर्षण | रास्वपा सांसदले १६ हजार र मन्त्रीले पार्टीलाई मासिक १८ हजार दिनुपर्ने | उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापतिमा रहबर अन्सारी | नेपाली कांग्रेसले भरत खड्कालाई सार्वजनिक लेखा समितिको सभापति बनाउने |

स्वास्थ्य सेवाका पदमा लोक सेवाले खुलायो आवेदन

Nagarik Sewa 4382+ समाचार ( )
२७ कार्तिक २०८२, बुधवार

काठमाडौं । लोक सेवा आयोगले स्वास्थ्य सेवातर्फका सातौँ र आठौँ तहका ३९ सहित विभिन्न सेवा समूहका १७० जना कर्मचारी परिपूर्ति गर्नका लागि आवेदन खुला गरेको छ। आयोगले बुधबार गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै निजामती तर्फका प्राविधिक राजपत्रांकित तृतीय श्रेणी (सातौँ तह) तथा स्वास्थ्य सेवाका आठौँ र सातौँ तहका पदहरूका लागि दरखास्त माग गरेको हो।

आयोगका अनुसार इच्छुक उम्मेदवारले आगामी मंसिर १६ गतेसम्म आवेदन दिन सक्नेछन्। ढिलो दस्तुर (दोब्बर शुल्क) तिरेर मंसिर २३ गतेसम्म पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ। आवेदन फाराम आयोगको अनलाइन दरखास्त प्रणाली मार्फत विद्युतीय माध्यमबाट भर्न सकिनेछ।

आयोगले प्रत्येक विज्ञापनका लागि आवेदन दस्तुर रु. १,२०० निर्धारण गरेको छ। एउटै पदका लागि समावेशीतर्फ थप आवेदन दिने उम्मेदवारले प्रत्येक अतिरिक्त आवेदनका लागि रु. ४०० थप तिर्नुपर्नेछ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार