मिङ्मा जी शेर्पालाई भव्य स्वागत

Nagarik Sewa 4507+ समाचार ( )
१९ पौष २०८१, शुक्रबार

काठमाडौं। कीर्तिमानी पर्वतारोही मिङ्मा जी शेर्पालाई काठमाडौंको शुक्रबार त्रिभुवन बिमानस्थलमा भव्य स्वागत गरिएको छ । अक्सिजनको सहायताविना विश्वका ८ हजार मिटर अग्ला सबै शिखर आरोहण गरि स्वदेश फर्किएका शेर्पालाई भव्य स्वागत गरिएको हो ।

शेर्पाले सातवटै महादेशका उच्च शिखर आरोहण समेत गरेका छन्। स्वदेश आएपछि उनले सातवटै महादेशका अग्लो हिमाल चढ्ने आफ्नो सपना साकार भएकाले खुसी महशुस भएको बताए।

उनले हिमाल आरोहणसम्बन्धी विश्वका पुरस्कारहरु नेपालमा भित्राउन पाए थप खुसी महशुस हुने उल्लेख गरे।  शेर्पालाई नगर परिक्रमा गराइएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार