मुख्य समाचार
भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान |

डिप्रोक्स लघुवित्तद्वारा सल्भ नेपाललाई ल्यापटप तथा मल्टिमिडिया प्रोजेक्टर हस्तान्तरण

Nagarik Sewa 4873+ समाचार ( )
३० वैशाख २०८३, बुधवार

काठमाडौं ।  डिप्रोक्स लघुवित्त वित्तीय संस्था ले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत उदार स्वयंसेवक आवद्ध सामाजिक संस्था SOLVE Nepal लाई एक थान एसर कम्पनीको ल्यापटप तथा एक थान मल्टिमिडिया प्रोजेक्टर प्रदान गरेको छ। काठमाडौंस्थित डिप्रोक्सको कर्पोरेट कार्यालयमा आयोजित एक कार्यक्रमबीच संस्थाका प्रमुख कार्यकारी अधिकृत शेष रमन आचार्यले उक्त सामग्री SOLVE Nepal लाई हस्तान्तरण गर्नुभएको हो।

सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत आचार्यले कृषि, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा केन्द्रित रहेर दुर्गम र सीमान्तीकृत समुदायमा विभिन्न तालिम, अभिमुखीकरण तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको संस्थालाई सहयोग गर्न पाउँदा खुशी लागेको बताउनुभयो। उहाँले सामाजिक रुपान्तरणका लागि युवामार्फत समुदायमा सकारात्मक प्रभाव सिर्जना गर्ने उद्देश्यसहित काम गरिरहेको संस्थाले प्राप्त सामग्रीको प्रभावकारी उपयोग गर्ने विश्वास व्यक्त गर्नुभयो।

आचार्यले प्रविधिमैत्री शिक्षा, स्वास्थ्य सचेतना र सामुदायिक विकासका लागि यस्ता सामग्री महत्वपूर्ण हुने उल्लेख गर्दै सामाजिक उत्तरदायित्वअन्तर्गत समुदायमा प्रत्यक्ष प्रभाव पार्ने संस्थासँग सहकार्य गर्न डिप्रोक्स सदैव सकारात्मक रहेको धारणा राख्नुभयो।

सामग्री ग्रहण गर्दै SOLVE Nepal का परियोजना प्रमुख मोहन गौतमले “Change Through Youth” भन्ने नारासहित स्थापित संस्थाले प्राप्त सामग्रीको पूर्ण सदुपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले ग्रामीण तथा विकट क्षेत्रमा सञ्चालन गरिने अभिमुखीकरण, तालिम, सचेतना तथा सामुदायिक कार्यक्रमहरूमा ल्यापटप र प्रोजेक्टरले महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो।

गौतमले प्रविधिको पहुँच कमजोर रहेका समुदायमा सूचना, शिक्षा तथा सीप हस्तान्तरणका कार्यक्रम सञ्चालन गर्न यस्ता सामग्री अत्यन्त उपयोगी हुने उल्लेख गर्दै प्राप्त सहयोगले संस्थाको कार्यक्षमता थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले डिप्रोक्स र SOLVE Nepal बीचको सहकार्यले आगामी दिनमा शिक्षा, स्वास्थ्य, कृषि तथा युवा सशक्तीकरणका क्षेत्रमा संयुक्त कार्यक्रम सञ्चालन गर्ने सम्भावनासमेत बढाएको बताउनुभयो।

कार्यक्रममा दुवै संस्थाका प्रतिनिधिहरूले सामाजिक विकास, युवा सहभागिता तथा समुदाय सशक्तीकरणका क्षेत्रमा सहकार्यलाई अझ विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार