तोलामा ६ सयले घट्यो सुनको मूल्य

Nagarik Sewa 4401+ समाचार ( )
१६ पौष २०८१, मङ्गलबार

काठमाडौं। मंगलबार सुनको मूल्य तोलामा ६ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख ५० हजार २०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार भने घटेर तोलामा १ लाख ४९ हजार ६०० रुपैयाँ कायम भएको हो ।

यस्तै मंगलबार चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा १ हजार ७९० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार घटेर तोलामा १ हजार ७६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सोमबार भने सार्वजनिक बिदा भएका कारण सुनचाँदीको मूल्य निर्धारण भएको थिएन । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार